Section 51
रकम फिर्ता गर्न वा क्षतिपूर्ति दिन इन्कार गरेमा हुने सजाय
(१) कुनै इजाजतपत्रवालाले दफा २० को उपदफा (२) बमोजिमको समयभित्र सोही उपदफामा उल्लिखित रकम फिर्ता नगरेमा वा दफा ३६ को उपदफा (२) बमोजिमको क्षतिपूर्ति दिन इन्कार गरेमा विभागले दफा ११ बमोजिम इजाजत पत्रवालाले राखेको नगद धरौटीबाट सम्बन्धित कामदारलाई त्यस्तो रकम फिर्ता गराई वा क्षतिपूर्ति भराई एक लाख रुपैयाँ जरिबाना गर्न र इजाजतपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम रकम फिर्ता गराइएको वा क्षतिपूर्ति भराइएकोमा इजाजतपत्रवालाले दफा ११ बमोजिम राखेको नगद धरौटी रकमबाट सम्बन्धित कामदारलाई रकम फिर्ता गर्दा वा क्षतिपूर्ति भराउँदा नपुग भएमा विभागले त्यस्तो नपुग हुन गएको रकम बुझाउनको लागि
इजाजतपत्र वालालाई साठी दिनको म्याद दिनेछ र सो म्यादभित्र रकम नबुझाएमा इजाजत पत्रवालाको जायजेथाबाट सो रकम असूलउपर गरिनेछ ।